पूर्वखोलामा गर्भवतीका लागि नि:शुल्क भिडियो एक्सरे सेवा
पाल्पा १४ चैत । पूर्वखोला गाउँपालिका अन्तर्गत रिङ्नेरह स्वास्थ्य चौकीले गर्भवतीका लागि निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष नुनवहादुर थापाले एक कार्यक्रमका बीच सेवा प्रारम्भ भएको घोषणा गरे ।
सो अवसरमा उनले गाँउपालिका भित्रको अन्य वडामा रहेको स्वास्थ्य चौकीमा पनि महिनाको एक दिन गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच व्यवस्था मिलाउने बताए । उनले अन्य वडामा वैशाख महिना देखि सो सेवा प्रदान गर्ने बताए ।
गाउँपालिकाका स्वास्थ्य प्रमुख मोहन ढकालले गर्भवतीको भिडियो एक्सरे गर्नका स्वास्थ्यकर्मीलाई २१ दिनको तालिम दिएर आएको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



