पूर्वखोलामा गर्भवतीका लागि नि:शुल्क भिडियो एक्सरे सेवा
पाल्पा १४ चैत । पूर्वखोला गाउँपालिका अन्तर्गत रिङ्नेरह स्वास्थ्य चौकीले गर्भवतीका लागि निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष नुनवहादुर थापाले एक कार्यक्रमका बीच सेवा प्रारम्भ भएको घोषणा गरे ।
सो अवसरमा उनले गाँउपालिका भित्रको अन्य वडामा रहेको स्वास्थ्य चौकीमा पनि महिनाको एक दिन गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच व्यवस्था मिलाउने बताए । उनले अन्य वडामा वैशाख महिना देखि सो सेवा प्रदान गर्ने बताए ।
गाउँपालिकाका स्वास्थ्य प्रमुख मोहन ढकालले गर्भवतीको भिडियो एक्सरे गर्नका स्वास्थ्यकर्मीलाई २१ दिनको तालिम दिएर आएको बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]