नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित : ५५ प्रतिशत पास
काठमाडौँ, १३ चैत । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको नर्सिङ तर्फको २९ औँ र मिडवाइफरी तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा करीव ५५ प्रतिशत पास भएका छन् ।
काउन्सिलका काउन्सिलका रजिष्ट्रार विन्दा घिमिरेका अनुसार यसपटक नर्सिङ तर्फको परीक्षाका लागि १ हजार ४८३ जनाले फारम भरे पनि परीक्षामा ८ जना अनुपस्थित हुँदा १ हजार ४७१ जना मात्रै सहभागी थिए ।
ती मध्ये ८०७ जना (५४.८६ प्रतिशत) पास भएका हुन् । मिडवाइफरी तर्फ भने ३ जना सहभागी भएकामा सबै सत प्रतिशत पास भएक छन् ।
वर्षमा तीन पटक परीक्षा लिने काउन्सिलले २०७८ सालको यो अन्तिम परीक्षा हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



