नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित : ५५ प्रतिशत पास
काठमाडौँ, १३ चैत । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको नर्सिङ तर्फको २९ औँ र मिडवाइफरी तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा करीव ५५ प्रतिशत पास भएका छन् ।
काउन्सिलका काउन्सिलका रजिष्ट्रार विन्दा घिमिरेका अनुसार यसपटक नर्सिङ तर्फको परीक्षाका लागि १ हजार ४८३ जनाले फारम भरे पनि परीक्षामा ८ जना अनुपस्थित हुँदा १ हजार ४७१ जना मात्रै सहभागी थिए ।
ती मध्ये ८०७ जना (५४.८६ प्रतिशत) पास भएका हुन् । मिडवाइफरी तर्फ भने ३ जना सहभागी भएकामा सबै सत प्रतिशत पास भएक छन् ।
वर्षमा तीन पटक परीक्षा लिने काउन्सिलले २०७८ सालको यो अन्तिम परीक्षा हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]