विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर शेन वार्नको ‘हृदयघात’बाट निधन
एजेन्सी । विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भएको छ । ५२ वर्षीय लेग स्पेनर हृदयघातका कारण निधन भएको भएको बताइएको छ ।
शेन वार्नको सचिवालयका अनुसार थाइल्याण्डस्थित को सामुई शहरमा रहेको एक अपार्टमेन्टमा उनी अचेत अवस्थामा भेटिएका थिए । तत्कालै अस्पताल पु¥याउँदा उनलाई बचाउँन नसकिएको सचिवालयले जनाएको छ ।
उनको मृत्यु भएको खबरले विश्व क्रिकेट जगतमा हलचल मच्चिएको छ ।
ईङल्याण्डका पूर्व क्रिकेटर केभिन पिटरसन, भारतीय क्रिकेटर विरेन्द्र सेहवाग, पाकिस्तानी क्रिकेटर सोएव अक्थरले ट्वीट गरी सेनवानको निधन प्रति दुख व्यक्त गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



