भारतमा ६ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

56
Shares

नयाँदिल्ली, फागुन १९। भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या चार करोड २९ लाख ४५ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कूल सङ्क्रमितको ०.१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । भारतमा कोरोना सुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ । कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोडभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ ।

सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *