भारतद्धारा औषधि निर्यातमा लगाएको प्रतिवन्ध खारेज

काठमाडौँ, १५ फागुन । भारतले डेढ महिना पछि दुई प्रकारका जीवन रक्षक औषधिको निर्यात प्रतिवन्ध खुल्ला गरेको छ । निर्यात खुल्ला गरिएका औषधिहरु एनेक्सोपाइरिन र इन्ट्रा विनस इम्यूनोग्लोव्यूलिन (आईवीआईजी) रहेका छन् ।

यसअघि यी दुई औषधिहरुलाई त्यहाँको त्यहाँको बाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार विभागले गत १० जनवरीमा नीतिगत रुपमा संसोधन गर्दै निर्यात प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

सो निर्णयले नेपाल सहितका विभिन्न मुलुकमा औषधि उपलव्धतामा सामान्य असर देखिएको थियो । गत २४ फेव्रअरीमा सो विभागले ढेड महिना अघि लगाएको दुईवटा औषधि सहित त्यसअघि प्रतिवन्ध लगाइएको अरु दुईवटा औषधिको निर्यात खुल्ला गर्ने निर्णय गरेको हो ।

२४ फेब्रअरीमा जारी भएको सूचनामा रेम्डेसिभिर इन्जेक्सन र इम्फोटेरिसिन वी इन्जेक्सनको निर्यात समेत खुल्ला गरेको हो । यी दुई औषधिहरु पछिल्लो समय कोभिड १९ को उपचार र कालो ढुँसीको उपचारमा बढी प्रयोग गरिदै आएको छ ।

नेपालले विगतमा भारतबाट ल्याउने गरेको यी औषधिहरु निर्यात प्रतिवन्ध लाग्दा तेस्रो मुलुकबाट ल्याउनुपर्ने बाध्यतामा परेको थियो । भारतले निर्यात खुल्ला भएपछि भने सहज आपूर्ति हुने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *