अफ्रिकामा कोभिड विरुद्धको खोप उपलब्ध गराउन डब्लुएचओ आग्रह

60
Shares

ब्रजाभिल्ले, २१ माघ । विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । त्यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।

अहिले अफ्रिकामा कोभिड विरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरु देशहरुको तुलनामा निकै नै थोरै हो ।

विश्व स्वास्थ्य संगठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने लक्ष तय गरेको छ । तर अफ्रिकामा भने अहिलेसम्म पूर्ण मात्रा खोप लगाउने नागरिकको संख्या ११ प्रतिशत मात्र हुनु दुःखद हो भन्दै अफ्रिकालाई सहयोग गर्न विश्व समुदायलाई विश्व स्वास्थ्य संगठनले आग्रह पनि गरेको छ ।

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा अफ्रिकाका क्षेत्रीय निर्देशक मातासिदी मोएतीले सो कुरा बताएका हुन् । उनले लामो समयदेखि अफ्रिका खोपको पर्खाइमा बसेको भन्दै तर अझै पनि उपलब्ध हुन नसकेकाले सो कुरा बताए।

सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *