मोडर्नाले एचआईभीविरुद्धको खोप परीक्षण सुरु गर्‍यो

एजेन्सी ।  अमेरिकी फर्मास्यिुटीकल्स कम्पनी मोडर्नाले एचआईभीविरुद्धको खोप परीक्षण सुरु गरेको छ । यो खोप कोभिडविरुद्धको खोपका लागि प्रयोग गरिएको म्यासिन्जर आरएनए (एमआरएनए) प्रविधिमै आधारित रहेको बताइएको छ ।

मोडर्नाले गत २८ ज्यानवरीमा खोप परीक्षणबारे जानकारी दिएको हो ।

पहिलो चरणको खोप परीक्षणका लागि कम्पनीले एचआईभी नभएका ५६ जना स्वयंसेवकलाई भर्ति गरेको बताएको छ । अधिकारीहरुकाहरुका अनुसार १८ देखि ५० वर्ष उमेर समूहका ती स्वयंसेवकलाई गत महिना नै जर्ज वासिङटन विश्वविद्यालय लगेर खोप दिइसकिएको छ ।

कम्पनीका अनुसार यो परीक्षण सन् २०२३ सम्म चल्नसक्नेछ र पहिलो चरणको परीक्षणको नतिजा आउन करीव १० महिनासम्म लाग्नेछ ।

अहिलेसम्म एचआईभीको कुनै उपचार छैन् । यद्धपी एचआईभी रोकथामका औषधिहरु भने उपलव्ध छन् । रोकथामका लागि ती औषधिहरु दैनिक रुपमा लिनु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ३ करोड ६३ लाख बढीले एचआईभीबाट ज्यान गुमाईसकेका छन् । सन् २०२० को अन्यसम्म तथ्यांक हेर्दा ३ करोड ७७ लाख एचआईभी संक्रमित रहेका छन् ।

अधिकारीहरुले मोडर्नाले गरेको यो परीक्षणबाट लाखौको ज्यान लिनसक्ने रोग नियन्त्रण गर्न र जीवनभर सुरक्षा प्रदान गर्न कोशेढुंगा हुने टिप्पणी गरेका छन् ।

मोडर्नाले एचआईभीको कणहरुको सतहमा पाइने प्रोटिन उत्पादन गर्न शरीरका कोशिकाहरुलाई निर्देशन दिने अपेक्षा गरिएको दुई फरक डोजहरुको परीक्षण गरिरहेको जनाएको छ । त्यसबाट शरीरको रोग प्रतिरक्षा प्रणालीलाई त्यो प्रोटिन पहिचान गर्न र विभिन्न एचआईभी कणहरुबाट जोगाउने एन्टिबडीहरुलाई तटस्थ बनाउन मद्धत गर्छ ।

जर्ज वासिङटन विश्वविद्यालयका इम्युनोलोजिष्ट प्रोफेसर डेभिड डिमेर्टले भने, ‘कोभिड महामारीले बास्तवमै एमआरएनए खोपहरुको सफलता देखाएको छ । र यसले एचआईभीको लागि यसको आवेदनको छलफल देखि पहिलो चरणको क्लिनिकल परीक्षणसम्मको मार्ग दु्रत गतिमा भयो र यसको नतिजा छिटै आउनेछ ।’

त्यसो त मोडर्नाले मौसमी फ्लुको लागि एमआरएनए भ्याक्सिन, साथै संयुक्त बार्षिक कोभिड र फ्लु बुस्टर डोजको पनि विकास गरिरहेको छ ।

यो खोपको परीक्षण इन्टरनेशनल एड्स भ्याक्सिन इनिसिएटिभ (आईएभीआई)संग साझेदारीमा चलिरहेको छ । आईएभीआईका प्रमुख डाक्टर मार्क फेनबर्गले एचआईभी भ्याक्सिनको खोजी लामो र चुनौतीपूर्ण भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *