नेपाली सेनाको छाउनी अस्पतालमा ६० जना नर्स र ८ जना डाक्टरका लागि अवसर

काठमाडौँ, १८ माघ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । अस्पतालले कोभिडको तेस्रो लहरबाट उत्पन्न भएको प्रतिकुल परिस्थितिमा संक्रमित बिरामीको उपचारका लागि भन्दै दरखास्त आव्हान गरेको हो ।

अस्पतालले मेडिकल अधिकृत ८ जना, वीएन बीएस्सी नर्स १० जना र स्टाफ नर्स ५० जना मागेको हो । उसले इच्छुक व्यक्तिले दुई दिन भित्र अर्थात २० माघ दिउसोको ३ बजेसम्म दरखास्त दिईसक्नुपर्ने समेत उल्लेख गरेको छ ।

हेर्नुहोस विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *