औषधि व्यवस्था विभागको सरुवा विवाद : महानिर्देशक नारायण ढकाललाई मन्त्रालय तानियो

काठमाडौँ, ११ माघ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । ढकाललाई दुई साता अघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको थियो । उनी त्यहाँ जान नमानेपछि मन्त्री खतिवडाले मंगलबार अर्को निर्णय गर्दै मन्त्रालय तानेका हुन् ।

‘मन्त्रालयमा हाजिर हुन भनेका छौँ । त्यसका लागि आज विभागमा पत्र पठाइसकिएको छ,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले भने ।

मन्त्री खतिवडाले गत २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा भरत भट्टराईलाई पठाउँदै ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाउने निर्णय गरेका थिए ।

ढकालले आफू भन्दा कनिष्ठलाई विभागमा ल्याएको भन्दै र विभाग अन्तरगर्तको कार्यालयमा आफू जान नसक्ने बताउँदै आएका थिए ।

मन्त्रालयको तानिएको  प्रशंगमा मंगलबार ढकालले आफूले पत्र पाइनसकेको भन्दै अहिले बोल्न हतार हुने बताए ।

‘मैले पनि मन्त्रालय तानियो भन्ने हल्ला सुनेको छु । पत्र पाइसकेको छैन् । पत्र पाएपछि आवश्यक निर्णय लिन्छु,’ ढकालले भने ।

भट्टराई भने अघिल्लो साता देखि विभागमा हाजिर हुने र फर्किने गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *