युएई जाने यात्रुका लागि पीसीआर जाँच गर्न त्रिभुवन विमानस्थलमा तीनवटा प्रयोगशालालाई मात्रै अनुमति

काठमाडौँ, ११ माघ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा तीनवटा प्रयोगशालालाई मात्रै पीसीआर गर्न अनुमति दिएको छ ।

त्यसरी अनुमति पाउने प्रयोगशालाहरुमा सुमेरु हस्पिटल प्रालि, स्टार हस्पिटल मोलिक्युलर ल्याव र महेन्द्रनारायण निधि मेमोरियल हस्पिटल रहेका छन् ।

युनाइटेड अरब इमिरेटस्(युएई) जाने यात्रुका लागि चार घण्टा भित्रको रिपोर्ट चाहिने भएपछि विमानस्थल परिसरमा दर्जन बढी प्रयोगशाला सञ्चालनमा थिए । तर मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको अनुगमनका तीनवटा प्रयोगशालामा मात्रै विमानस्थल परिसरमा पीसीआर परीक्षण गर्ने गरेको खुलासा भएको थियो ।

‘बाँकी सबै कलेक्सन सेन्टर रहेछन्, कोभिड -१९ पीसीआर परीक्षणका लागि कलेक्सन सेन्टर मात्र चलाउने प्रावधान नरहेकोले आजैका मिति देखि उक्त कार्य नगर्न नगराउन हुन सम्वन्धित सबैमा सूचीत गरिन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सञ्चालन अनुमति पाएका तीनवटा प्रयोगशालाले सबैले देख्ने गरी युएई जाने यात्रुहरुको लागि मात्र भनि स्पष्टसंग लेख्नुपर्ने र युएई जाने यात्रुहरुले समेत ४८ घण्टा भित्रको नेगेटिभ पीसीआर रिपोर्ट भएमा मात्रै विमानस्थलमा परीक्षण गर्न भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *