१६ लाख ६० हजार डोज मोडर्ना खोप आईपुग्यो

काठमाडौँ, १० माघ । सरकारले खरीद गरेको कोभिड विरुद्धको खोप मोडर्नाको ४० लाख डोजमध्ये पहिलो खेपको रुपमा १६ लाख ६० हजार डोज आज काठमाडौँ आईपुगेको छ । कतार एयरको नियमित उडानबाट आज बेलुका साढे ७ बजे ४० लाखमध्ये पहिलो खेप काठमाडौँ आइपुगेको हो ।

बाँकी २३ लाख ४० हजार डोज भोलि विहान सवा नौ बजे काठमाडौँ आईपुग्ने तालिका रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए । सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना छ ।

‘यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो र दोस्रो डोज दिने गरी व्यवस्थापन गरिदैछ,’ चौरसियाले भने ।

त्यसो त सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप पनि दिदै आएको छ । अब भने सो खोप ५ देखि ११ वर्ष उमेर समूहलाई दिने गरी योजना बन्दै गएको भन्दै १२ देखि १७ वर्ष उमेर समूका लागि मोडर्ना खोप प्राथमिकतामा राखिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *