नेपालका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

काठमाडौँ, ९ माघ । नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट भएको पाइएको छ । तिब्रगतिमा संक्रमण फैलिएको बेला राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले गरेको जीन सिक्वेन्सिङमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो ।

आइतबारको नियमित कोभिड ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमितमध्ये ३२ जनाको जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताए । उनले बाँकी ४ जनामा भने डेल्टा भेरियन्ट रहेको जनाए ।

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमणदर तिब्र गतिमा फैलिएको थियो । फैलावटको हिसावले पनि धेरैको अनुमान ओमिक्रोन भेरियन्ट हो भन्ने थियो ।

पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ८६८ , भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ गरी काठमाडौँ उपत्यकामा ३ हजार ७९१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छन् ।आइसीयूमा २ सय १५ जना भेन्टीलेटरमा ४० जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ । ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *