आज देखि फ्रन्टलाइनरलाई कोभिडविरुद्धको अतिरिक्त डोज खोप, फ्रन्टलाइनरमा को को पर्छन् ?

काठमाडौ, २ माघ । सरकारले आज देखि देखि अग्रपंक्तिमा खटिने व्यक्ति (फ्रन्टलाइनर) लाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा डोज दिने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ पुसमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

सो बैठकले १४ माघ देखि ६० वर्ष माथिका जेष्ठ नागरिकलाई पनि थप एक अतिरिक्त मात्रा डोज दिने निर्णय गरेको छ । अतिरक्ति मात्रा लिनका लागि पूर्ण खोप लिएको ६ महिना पुरा भएको हुनुपर्ने पनि परिवार कल्याण महाशाखाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । महाशाखाले अतिरिक्त डोज यसअघि जे खोप लगाइएको हो सोही खोप दिइने समेत स्पष्टा परिएको छ ।

को को हुन् फ्रन्टलाइनर ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मीहरु, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन् । यहि चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरु, स्थानीय पालिकाका कर्मचारीहरु, सशस्त्रको विओपीमा खटिएका, जनपथ प्रहरी, आर्मीको सव व्यवस्थापनमा खटिनेहरु पर्दछन् ।

यस्तै बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारीहरु पनि यस भित्र पर्दछन् ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गत वर्ष १४ माघ देखि चैत मसान्तसम्म पहिलो डोज लगाएका सबैले यसपटक अतिरिक्त मात्रा खोप पाउने बताए ।

उनले त्यसपछि अरु व्यक्तिलाई क्रमश दिईने जानकारी दिए ।

‘गत वर्ष १४ माघ देखि चैत मसान्तसम्म फ्रन्टलाइनरहरु र ६० वर्ष माथिका नागरिकहरुलाई खोप दिइएको थियो । आज देखि र १४ माघ पछि हामीले उहाँहरुलाई अतिरिक्त डोज खोप दिने योजना बनाएका छौँ । त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने जिल्ला र स्थानीय तहले अन्तिम निर्णय लिनुहुनेछ,’ डा विवेकले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *