कोभिडविरुद्धको बुस्टर डोज खोप : २ माघ देखि फ्रन्टलाइनर र १४ माघ देखि ६० वर्ष माथिका नागरिकलाई दिईने

काठमाडौँ, ३० पुस । सरकारले २ माघ देखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ पुसमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

सो बैठकले १४ माघ देखि ६० वर्ष माथिका जेष्ठ नागरिकलाई पनि बुस्टर डोज दिने निर्णय गरेको छ । बुस्टर डोज लिनका लागि पूर्ण खोप लिएको ६ महिना पुरा भएको हुनुपर्ने पनि परिवार कल्याण महाशाखाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बुस्टर डोज यसअघि जे खोप लगाइएको थियो । सोही खोप दिइने समेत स्पष्टा परिएको छ ।

हेर्नुहोस सूचना ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *