कोभिड-१९ मा काम गर्ने करारका स्वास्थ्यकर्मीको अवधी तीन महिना थप हुने

काठमाडौँ, ३० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड -१९ को रोकथाम नियन्त्रण तथा उपचारका लागि करारमा लिइएका स्वास्थ्यकर्मीको अवधी तीन महिना थप गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले विहीबार सूचना प्रकाशित गर्दै करारमा लिइएका स्वास्थ्यकर्मीको करार अवधी माघ १ देखि थप तीन महिना लम्व्याउन भनेको छ ।

मन्त्रालयले सो कार्यका लागि स्वीकृत दरबन्दी भएको तर जनशक्ति नभएको अवस्था रहेमा तीन महिनाका लागि पदपूर्ति गर्न समेत स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

पछिल्लो समयमा कोभिड -१९ को बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *