‘गयौ कि भनेको, फेरी फर्केर आयौ !’

988
Shares
– राधा भट्टराई

गयौ कि भनेको
गयौ कि भनेको

फर्केर आयौ
किन हो ? तिमीले
यसरी सतायौ

सबैलाई हायलकायल बनाउँदै
तिमीले आफ्नो जीत मनायौ
नाम अनेक लिएर आउँछौ
कहिले डेल्टा, कहिले ओमिक्रोन
हामी मानवलाई किन सताउछौ ?

कहिले घटेको जस्तै गर्छौ
कहिले आफ्नो शक्ति देखाउछौ
गयौ कि भनेको
फर्केर आयौ

गाउँ टोल बस्तीहरुमा
शहर गल्ली चोकहरुमा
मानिसहरू देखिन छाडे
फेरि एकान्त बासमा लागे

गए झैँ मानेको
फर्केर आयौ

डर र त्रास लिएर आयौ
सर्वत्र तिमी यसरी छायौ
तिमीले मात्रै खुशी मनायौ

व्यापार व्यवसाय चौपट पार्दै
सबका योजना पछाडि सार्दै
तिमी मात्रै अगाडि बढिरह्यौ
तिमी मात्रै उकालो चडिरह्यौ

गयौ कि भनेको
फर्केर आयौ

डर र त्रास लिएर आयौ

तिमी त फेरि सर्वत्र छायौ
गयौ कि भनेको
फर्केर आयौ !

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *