प्रख्यात गायिका लता मङ्गेशकरलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

268
Shares

एजेन्सी । प्रख्याँत भारतीय गायिका लता मङ्गेशकर कोरोना संक्रमणमा परेकी छन् । ९२ वर्षीया उनलाई मुम्वईस्थित ब्रीच क्याण्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनलाई कोरोनाको लक्षण र ठूलो असर देखिएको छैन् तर उमेरका कारण थप सतर्कताका लागि अस्पताल लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । चिकित्सकहरुका अनुसार लताको स्वास्थ्यमा पनि सुधार हुँदै आएको छ ।

लतालाई कोरोना संक्रमण लागेको खवरले बलिउड र उनका सुभेच्छुकहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले लताको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *