प्रख्यात गायिका लता मङ्गेशकरलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

एजेन्सी । प्रख्याँत भारतीय गायिका लता मङ्गेशकर कोरोना संक्रमणमा परेकी छन् । ९२ वर्षीया उनलाई मुम्वईस्थित ब्रीच क्याण्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनलाई कोरोनाको लक्षण र ठूलो असर देखिएको छैन् तर उमेरका कारण थप सतर्कताका लागि अस्पताल लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । चिकित्सकहरुका अनुसार लताको स्वास्थ्यमा पनि सुधार हुँदै आएको छ ।

लतालाई कोरोना संक्रमण लागेको खवरले बलिउड र उनका सुभेच्छुकहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले लताको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *