सतर्कताको ताकेता पछि स्वास्थ्यले खोज्यो स्वास्थ्यकर्मीको सम्पत्ति विवरण

काठमाडौँ, २६ पुस ।  राष्ट्रिय सतर्कता केन्द्रको ताकेता पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिन भित्र आफ्नो सम्पत्ति विवरण पठाउन मातहतका कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार आफू मातहतका स्वास्थ्य सेवा विभाग सहित ४७ वटा कार्यालयलाई पत्र लेख्दै त्यहाँ कार्यरत निजामति कर्मचारी बाहेकका अस्थायी स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आर्थिक वर्ष २०७७ /०७८ को सम्पती विवरण बुझाएको सम्वन्धी जानकारी पठाउन निर्देशन दिएको हो ।

उसले पत्रमा विवरण पठाउने ढाँचा समेत दिदै इमेलमार्फत पठाउन भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *