नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित, महासचिवमा सागर दाहाल

काठमाडौँ, २५ पुस । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतदानमा अधिकारीले आफ्ना निकटतम प्रतिस्पर्धी महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

यद्धपी आधिकारिक घोषणा भने भइसकेको छैन् ।

स्रोतका अनुसार अध्यक्ष पदमा अधिकारीले ५९२ मत प्राप्त गर्दा श्रेष्ठले ५६५ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रतिस्पर्धी कृष्णमान शाक्यले १९ मत पार्न सफल भए ।

यस्तै महासचिवमा सागर दाहाल निर्वाचित भएका छन् । दाहालले प्रतिस्पर्धी कैलाशखाकी श्रेष्ठलाई १२० मतले पछि पार्दै निर्वाचित भएका छन् । दाहालको ६४६ मत आउँदा श्रेष्ठको ५२६ मत मात्रै आयो ।

१५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा विमला भट्ट भारी मतका साथ विजयी भएकी छन् । उनले आफ्नो प्रतिस्पर्धी रहेका सुदर्शन पौडेलले भन्दा २९२ मत बढी ल्याएकी थिईन । भट्टको ७२७ मत आउँदा पौडेलले ४३५ मत मात्रै प्राप्त गरे ।

यस्तै कोषाध्यक्षमा चेतराज पण्डित विजयी भएका छन् । पण्डितको ६२२ मत आउँदा उनका प्रतिस्पर्धी डमरु पनेरुको ५०३ मत आएको छ । सचिवमा रोशन लामा ७१९ मत र सह कोषाध्यक्ष उमादेवी थापाले ५८६ मतका साथ विजयी प्राप्त गरेका छन् । सदस्यहरुमा सुदिप चिलवाल ७७६ मत, अञ्जना खड्का ६९१ मत, प्रतिक खनाल ६७८, विन्जला श्रेष्ठ ६१०, विजेश बस्नेत ६०० मतका साथ विजयी भएका छन् ।

यस्तै दया पन्त ४९४, रामानन्द पण्डित, अम्बिका बानिया,र रानाधिर यादव निर्वाचित भएका छन् ।
रोश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *