भारतमा थप १ लाख ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण

नयाँ दिल्ली, २४ पुस । पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ४१ हजार ९८६ जना कोरोना संक्रमित थपिएका छन् । सोही ४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट थप २८५ जनाको मृत्यु भएको छ । त्यस्तै, सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको छ।

कोरोना बढेसंगै राजधानी दिल्लीमा शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *