एक सातामा कोरोना संक्रमण झण्डै अढाई गुणाले बढ्यो

काठमाडौँ, २२ पुस । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा तिब्रता आउँदा नेपालमा पनि त्यसको असर देखिन थालेको छ । संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य मन्त्रालयको एक साताको तथ्यांक हेर्दा संक्रमितको संख्या सप्ताहअन्तमा करीव अढाई गुणाले बृद्धि भएको देखिएको छ ।

मन्त्रालयले गत १६ पुसमा सार्वजनिक गरेको विवरणमा ९ हजार ८४ जनाको परीक्षण गर्दा २३५ जना पोजेटिभ थिए । त्यसको ठ्याक्कै एक साता पछि अर्थात २२ पुस (आज) को विवरण हेर्दा १२ हजार ९९ को परीक्षण गर्दा पोजेटिभ संख्या ५४० पुगेको छ ।

यो संख्या बुधबार भन्दा १०५ जनाले बढी हो । बुधबार ४३५ जनालाई मात्रै कोरोना देखिएको थियो । मंगलबार भन्दा १४७ जनाले बढी हो । मंगलबार ३९३ जनामा कोरोना देखिएको थियो ।

बरिष्ठ छातीरोग विशेषज्ञ एवं त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा निरज बम संक्रमितको बढ्दो रेखाले थप सचेत हुनुपर्ने र तयारीमा जुट्नुपर्ने संकेत गरेको बताउँछन् ।

भारतमा संक्रमणले तिब्रता लिईसकेको र नेपालमा पनि संख्याहरु क्रमश बढ्न थालेको भन्दै थप चनाखो हुनुपर्ने बताउछन् । त्रिवि शिक्षण अस्पतालमा अहिले २ जना भेन्टिलेटर सहित ७ जना आइसीयूमा र १० जना जनरल वार्डमा गरी कुल १७ जना कोरोना संक्रमित उपचारमा रहेको उनले बताए । केही साता अघिसम्म कोभिड वार्डमा सून्य विरामी भएको भन्दै अहिले विस्तारै बढ्न थालेको उनले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *