कोरोना संक्रमण पछि पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा, २१ पुस । पाल्पा अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।

अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।

मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो ।  उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए ।

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *