स्वास्थ्यको सहसचिव रिता जोशी सुदूरपश्चिम प्रदेशको सचिव बनिन्

काठमाडौँ, २० पुस । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहसचिव रिता जोशीलाई सचिवको जिम्मेवारी दिदै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश पठाएको छ ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।

‘स्वास्थ्यबाट सिफारिस गएको भन्ने जानकारी छ । तर निर्णय भइसकेको औपचारिक रुपमा पत्र त पाइसकेको छैन् । बुधबार विहान साढे १० बजे तिर सम्पर्क गर्नु भन्ने सामान्यबाट खवर आएको छ । भोली गएपछि आधिकारिक रुपमा थाहा होला,’ जोशीले नेपाली हेल्थसंग भनिन् ।

स्वास्थ्यमा लामो समय विताएकी उनले पछिल्लो केही समय मन्त्रालयको समन्वय महाशाखा प्रमुख भएर र केही समय फाजिलमा विताएकी थिईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *