ओमिक्रोन भेरियन्ट देखिएपछि लागू भएको ट्राभल एड्भाइजरीमा परिवर्तन, नेपाली र विदेशी कुटनीतिज्ञ नेपाल आउन पाउने

काठमाडौँ, २० पुस । सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका मुलुकबाट नेपाल आउन नदिने यसअघिको व्यवस्थालाई परिवर्तन गरेको छ । गत ८ पुसमा बसेको मन्त्रिपरिषद बैठकले गत १६ मंसिर देखि लागू भएको व्यवस्थालाई हल्का परिवर्तन गरेको हो ।

यसअघि दक्षिण अफ्रिका, बोत्सवाना, जिम्मावे, नामिविया, लेसोथो, इस्वानिटी, मोजाम्बिक, मलावी र हंङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन साता भित्र ती मुलकुको भ्रमण गरेका यात्रुलाई १६ मंसिर राती १२ बजे देखि नेपाल आउन रोक लगाइएको थियो ।

गत आइतबार अध्यागमन विभागले जारी गरेको ट्राभल एड्भाइजरीमा गत १६ मंसिरको व्यवस्थालाई कायम राखिएको भनिए पनि बीचमा केही व्यवस्थाहरु थपिएका उल्लेख छ । थपिएको व्यवस्थाले नेपाली सहित केही विदेशीहरुलाई नेपाल छिर्न सक्नेछन् ।

के छ नयाँ व्यवस्थामा ?
नयाँ व्यवस्था अनुसार १६ मंसिरमा निषेध गरिएका ९ वटा मुलुक लगायत जोखिम भएका अन्य मुलुकबाट आउने नेपाली नागरिक र कुटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकहरुलाई आगमन अनुमति प्रदान गर्ने तर त्यसमा केही सर्त राखिएको छ ।

नयाँ सर्तमा

  • पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कुटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड १९ संग मिल्दो जुल्दो लक्षण नदेखिएको अवसथामा घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने ।
  • पूर्ण खोपको मात्रा पुरा नगरेका वा खोपको मात्रा पुरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुको नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसन पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ देखिएकाहरुलाई घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने ।
  • खोपको मात्रा पुरा नगरेका वा खोपको मात्रा पुरा गरेको १४ दिन नपुगेका कुटनीतिक वा अफिसियल पासपोर्ट वाहाक वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुको नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई संस्थागत आईसोलेसन वा सम्विन्धित कुटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलसनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटेल क्वारेन्टिन वा सम्वन्धित कुटनीतिक नियोगको जिम्मेवारीमा होम क्वोििन्टनमा बस्ने गरी प्रवेश अनुमति दिने ।

हेर्नुहोस नयाँ एडभाइजरी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *