वीर र सेनाको अस्पतालमा आज बालबालिकालाई फाइजर खोप दिईंदै

काठमाडौँ, १८ पुस । स्वास्थ्य कार्यालय काठमाडौँले आज वीर अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने भएको छ । स्वास्थ्य कार्यालयले ती दुई अस्पतालमा अहिले विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म खोप दिइने बताएको छ ।

यसअघि पहिलो डोज लगाईसकेर दोस्रो डोज लगाउन बाँकी बालबालिकालाई यो खोप दिने भएको हो । यद्धपी खोप बाँकी रहने अवस्था आएमा पहिलो डोज समेत लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले यसअघि पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन बाँकी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आज वीर र छाउनी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको बताए ।

उनले खोप बाँकी रहेको खण्डमा पहिलो डोज पनि दिन सक्ने संकेत गरे ।

‘यसको भण्डारणको कारणले गर्दा पहिले आएर रहेको खोप सक्नुपर्ने अवस्था छ । त्यसैले हामीले आएकाहरुलाई खोप दिने नीति लिएका छौँ,’ उनले भने ।

सरकारले काठमाडौँ सहित २० जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्ध फाइजर खोप दिने निर्णय गरेको थियो । त्यस अनुसार नयाँ अभियान सुरु भने भइसकेको छैन् ।

केही खोप आईसके पनि सिरिन्ज अभावको कारण यो अभियान रोकिएको बताइएको छ । फाइजर खोप एक महिनासम्म सामान्य तापक्रम २ देखि ८ डिग्री सेल्सियससम्म राख्न सकिने बताइएको छ । त्यसपछि भने यसको भण्डारण माइनस ७० डिग्री सम्मको चिसोमा भण्डारण गर्नुपर्ने हुन्छ ।

सरकारले ५७ वटा जिल्लाका बालबालिकाहरुलाई भने मोडर्ना खोप दिईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *