अब विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीले नेपालमै पढ्न पाउने

काठमाडौं, १६ पुस ।  सरकारले विदेशमा चिकित्सा शिक्षाका स्नातक तह पढ्न गएका विद्यार्थी अप्ठ्यारो परेका बेलामा नेपालमै अध्ययन गर्न पाउने सैद्धान्तिक सहमति दिएको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनलगायतका मुलुकमा भर्ना भएका नेपाली विद्यार्थीलाई नेपालमै पढ्न पाउने गरी सैद्धान्तिक स्वीकृती दिएको हो।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए ।

यसअघि सरकारले सन् २०१४ र सन् २०१५ व्याचका विद्यार्थी जसले पढाई सकेर प्रयोगात्मक अभ्यास पुरा गर्न सकेका थिएनन् उनीहरुलाई नेपालमै प्रयोगात्मक दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

पछिल्लो निर्णयपछि अध्ययन आधा बाँकी भएका विद्यार्थीहरुले पनि नेपालमै रहेर अध्ययन् गर्ने बाटो खुलेको छ ।

कहाँ पढ्छन् विद्यार्थी ?

सरकारले कोभिडका कारण विदेशमा भर्ना भई अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरुलाई नेपालमै पुरा गर्न मिल्ने सैद्धान्तिक सहमति दिएपनि पढाई कहाँबाट पुरा गर्ने भन्ने अन्योलता कायमै छ ।

सरकारको  निर्णयले करीव ३०० नेपाली विद्यार्थीलाई नेपालमै अध्ययन पुरा गर्ने बाटो खोलिदिएको भनिएपनि । यी विद्यार्थीहरुलाई कहाँ अध्ययन् गराउने भन्नेमा अन्योलता रहेको सरोकारवालाहरु बताउँछन् ।

‘सरकारले सैद्धान्तिक सहमति दिएको हो । तर बाटो पुरै खोलिएको होइन । आजको दिनमा ३०० विद्यार्थी पढाउनु भनेको नेपालका ठूला तीन मेडिकल कलेजको सिट हो । अव यी विद्यार्थीलाई कसले कहाँ पढाउने कसरी डिग्री दिने ?,’ काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले भने ।

तर उनले काउन्सिलको काम मेडिकल कलेज तथा युनिभर्सिटीबाट अध्ययन र प्रयोगात्मक अभ्यास गरेको सर्टिफिकेट ल्याएपछि नाम दर्ता परीक्षामा सहभागिता गराउने काम भएकोले कलेज तथा विश्वविद्यालयले सहमति दिएमा आफूहरुलाई आपत्ति नहुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *