‘ओमिक्रोन’ भेरियन्ट बाट अष्ट्रेलियामा एकजना पुरुषको मृत्यु


एजेन्सी, १२ पुस। अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट एक जनाको मृत्यु भएको छ ।

न्यू साउथ वेल्स राज्यमा ८० वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनले पूर्ण रूपमा खोप लगाएका थिए तर धेरै उमेर भएको र अन्य धेरै रोगहरूले ग्रसित थिए ।

उक्त राज्यमा सोमबार ६ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । हाल अस्पतालमा ५२४ जना बिरामी भर्ना छन्, जसमध्ये ५५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *