यस्तो रहेछ भाइरल भएको बाजुरा अस्पतालको शल्यक्रिया कक्षको बास्ताविकता

काठमाडौँ, ११ पुस । शनिबार देखि सामाजिक सञ्जालमा जिल्ला अस्पताल बाजुराको शल्यक्रिया कक्षको तस्बिर भाइरल भएको छ ।

फोटोलाई लिएर अधिकांशले सरकारी अस्पतालको दयनीय अवस्था भन्दै कमेन्ट गरेका छन् । कतिपयले सरकारले यस्तो अवस्थामा शल्यक्रिया कक्ष सञ्चालन गरी विरामीको ज्यान जोखिममा पारेको आरोप समेत लगाएका छन् ।

हुनपनि फोटोमा देखिएको शल्यक्रिया कक्ष भनेर लेखिएको जस्ता पाताले बेरेर राखिएको कुखुराको खोर जस्तो छ ।

यस्तो शल्यक्रिया कक्षबाट कस्तो सेवा दिईन्छ ?नेपाली हेल्थले जिल्ला अस्पताल बाजुराका निमित्तम मेसु डा प्रकाश जोशीसंग जिज्ञासा राखेको थियो । जवाफमा डा जोशीले फोटो र बास्तविकतामा भिन्नता रहेको प्रष्ट्याए ।

उनले अगाडी थपे, ‘यो फोटोमा देखिए जस्तो शल्यक्रिया कक्ष जस्ता पाताले बारेको ठाँउमा छैन् ।शल्यक्रिया कक्ष भित्र पट्टीको पक्की भवनमै छ । यो फोटोमा देखिएको ठाँउमा एका पट्टी बिरामी कुर्ने रुम छ, अर्को पट्टी ड्रेस चेन्ज गर्ने रुम छ । त्यसको भित्रपट्टी अपरेशन थिएटर कप्लिट नै छ । पक्की भवनमा छ ।’

कसरी भाइरल भयो त फोटो ? उनले अगाडी थपे, ‘यहाँ अस्पतालमा काम गर्न हिजोबाट एक जना नयाँ डाक्टर आउनु भएको छ । उहाँले आफ्नो कार्यस्थलमा पुगें र काम गर्ने ठाँउमा भनेर यत्तिकै फोटो खिचेर हाल्नु भएको हो रहेछ । यो यति भाइरल होला भनेर सोचेका पनि थिएनौँ । तर भैदियो । आज हामीले यसबारेमा प्रष्ट पार्दैछौँ ।’

डा जोशीका अनुसार १५ वेडको स्विकृति लिएर सञ्चालनमा रहेको बाजुरा अस्पताल अब ५० बेडमा स्तरोन्नती हुँदैछ । त्यसका लागि भवन निर्माणको काम समेत सुरु भइसकेको छ ।

अहिले सो अस्पतालमा ५ जना चिकित्सकहरु कार्यरत छन् । अहिले त्यहाँ सल्यक्रिया गरी सुत्केरी गराइने (सीएस) हुन्छ तर अरु ठूला शल्यक्रिया गरिदैन । सर्जन अभावमा ठूला शल्यक्रिया हुन नसकेको डा जोशीले बताए ।

उनले भने, ‘सीएस सहित अरु साना शल्यक्रिया हुन्छ तर ठूला गर्न सकिरहेका छैनौँ । किनभने हामीकहाँ सर्जनको अभाव छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *