भारतमा १५ देखि १८ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप दिईदै

नयाँ दिल्ली । भारतले आगामी ३ जनवरी देखि १५ देखि १८ वर्ष उमेरका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशवासीका नाममा सम्वोधन गर्दै बालबालिकाहरुलाई खोप दिने घोषणा गरेका हुन् । भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको संख्या करीव ८ करोड रहेको बताइएको छ ।

यस्तै प्रधानमन्त्री मोदीले आगामी १० जनवरीबाट फ्रन्टलाइन वर्कर ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त डोज खोप दिने समेत घोषणा गरेका छन् ।

भारतमा फ्रन्टलाइन वर्करको संख्या करीव ३ करोड रहेको बताइएको छ । ६० वर्ष माथिका नागरिकको संख्या करीव ११ करोड रहेको बताइएको हो ।

कोभ्याक्सिन बालबालिकामा प्रयोग गर्न सकिने
यसैबीच ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया(डीसीजीआई)ले भारत बायोन्टेकले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिनलाई इमरजेन्सी युजका लागि अनुमति दिएको छ । यो अनुमतिपछि यो खोप १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन सकिने बताइएको छ ।

भारतले गत १६ जनवरीदेखि कोभिडविरुद्धको खोप सञ्चालन सुरु गरेको थियो । अहिलेसम्म १ अर्व ४१ करोड डोज खोप लगाईसकेको बताइएको छ । प्रधानमन्त्री मोदीले ६१ प्रतिशत बढीले पूर्ण खोप लगाईसकेको बताए । ९० प्रतिशतले पहिलो डोज लगाएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *