कोभिडविरुद्ध खोप अभियानमा चौथो डोज सुरु गर्दै इजरायल

बीबीसी । कोभिडविरुद्धको खोप अभियानमा एक कदम अघि बढ्दै इजरायलमा ६० वर्ष माथिका व्यक्ति र स्वास्थ्यकर्मीहरु चौथो डोज खोप लगाउने योजना अघि सारेको छ ।

विज्ञहरुको एक समितिले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट जुध्नका लागि चौथो डोज सिफारिस गरेको हो ।

विज्ञहरुको यो सिफारिसलाई प्रधानमन्त्री नफ्ताली बेनेटले स्वागत गरेका छन् । उनले नयाँ भेरियन्टबाट पार पाउनका लागि यो महत्वपूर्ण बताएका छन् ।
इजरायली स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशमा ओमिक्रोनको ३४१ वटा केश पुष्टि गरेको छ ।

उसले कोभिडको संक्रमणदर पनि बढदै गएको जनाएको छ । मंगलबार मात्रै देशमा ९०३ वटा नयाँ संक्रमित थपिएको उसले जनाएको छ ।

मन्त्रालयले पछिल्लो एक सातामा कोभिडको कारण चार जनाको मृत्यु भएको उल्लेख गरेको छ । जसमा मृत्यु भएकामध्येका एक जना ६८ वर्षका एक पुरुषलाई चिकित्सकहरुले ओमिक्रोन संक्रमित भएको आशंका गरेका थिए । तर मन्त्रालयले ती पुरुषको डेल्टा भेरियन्टबाट नै ज्यान गएको दावी गरेको छ ।

मंगलबार राती इजरायल सरकारको महामारी विशेषज्ञ समितिले ६० वर्ष माथिका व्यक्तिहरु चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई चौथो डोज खोप लगाउन सिफारिस गरेको थियो । उसले चौथो डोज लिनका लागि तेस्रो डोज खोप लगाएको चार महिना पुगेको हुनुपर्ने बताएको थियो ।

समितिको सिफारिसलाई स्वास्थय मन्त्रालयले अन्तिम स्वीकृति दिने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री वेनेटले कोभिडको तेस्रोडोज पाउने इजरायलका नागरिकहरु पहिलो भएको बताउँदै अव चौथा डोज पाउनेमा पनि आफ्नै देशका नागरिकहरु रहने भन्दै खुशी व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *