स्वास्थ्य मन्त्रालयको प्रशासन हेर्ने सहसचिवको सरुवा

1.3k
Shares

काठमाडौँ, २ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखा प्रमुख शैलजा रेग्मी सरुवा भएकी छन् । उनी सरुवा भएर राष्ट्रिय महिला आयोग पुगेकी छन् ।

स्वास्थ्यमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सरुवा भई सहसचिव मदन भुजेल आएका छन् ।

मंसिर २८ गतेको निर्णय रहेछ । मैले आज सरुवाको पत्र पाएँ । स्वास्थ्यमा भुजेल जी आउनु भएको छ । सहसचिव रेग्मीले भनिन् ।

यस्तै स्वास्थ्यमा उपसचिव प्रेम महर्जन, भवनाथ खतिवडा र खिमा लङ्गा पनि सरुवा भएर आएका छन् ।

त्यस्तै शाखा अधिकृत अञ्जु पोखरेल, सौगात सम्बाहाम्फे पनि स्वास्थ्य मन्त्रालयमा सरुवा भएर आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *