जर्मनीद्धारा नेपाललाई ४१ लाख ४२ हजार कोभिडविरुद्धको खोप सहयोग

विहीबार स्वास्थ्य मन्त्री खतिवडालाई खोप हस्तान्तरण गर्दै नेपालका लागि जर्मनीका राजदूत स्टेफन रुसेक र अन्य अधिकारीहरु

काठमाडौं, १ पुस । जर्मनीले नेपाललाई ४१ लाख ४१ हजार भन्दा केही बढी डोज कोभिडविरुद्धको खोप सहयोग गरेको छ । जर्मनीले कोभ्याक्स सुविधा मार्फत उक्त परिमाणमा खोप सहयोग गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले जर्मनीले कोभ्याक्स सुविधा मार्फत १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० डोज जानसन गरी कुल ४१ लाख ४२ हजार २५० डोज कोभिडविरुद्धको खोप उपलव्ध गराएको बताईन ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले उपलव्ध सहयोग मध्ये मोडर्ना खोप यसअघि नै आइसकेको बताए । उनले जानसन खोप भने आज पहिलो खेपको रुपमा ७ लाख १९ हजार ६५० डोज आएको र बाँकी खोप भोलि आइपुग्ने जानकारी दिए ।

विहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जानसन खोप ग्रहण गर्दै अधिकारीहरु

जर्मनीले पठाएको दुबै खोप अमेरिकी कम्पनीले उत्पादन गरेको हो । त्यसमध्ये जानसन एक डोज मात्रै लगाए पुग्छ ।

यसैबीच नेपालका लागि जर्मनीका राजदूत स्टेफन रुसेकले आज स्वास्थ्य मन्त्री विरोध खतिवडालाई मन्त्रालयमै भेटि कोभ्याक्स सुविधा मार्फत प्रदान गरेको कोभिडविरुद्धको खोप हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले कोभिडविरुद्धको नेपालको अभियानमा जर्मनीका तर्फबाट भएको र हुँदै आएको सहयोगको चर्चा गरेका थिए ।

स्वास्थ्य मन्त्री खतिवडाले सहयोग उपलव्ध गराएको प्रति जर्मनी सरकारलाई धन्यवाद दिएका थिए ।

नेपालमा आजसम्म कुल जनसंख्याको ३८.२ प्रतिशतले कम्तीमा एक मात्रा र ३१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । तर लक्षित जनसंख्याको कुरा गर्दा ५८.२ प्रतिशतलाई कम्तीमा १ मात्रा र ४७.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाई सकेको अवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *