एमालेको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख बने योगेश भट्टराई

काठमाडौं, २६ मंसिर। नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको छ ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले पार्टीका सचिव समेत रहेका भट्टराईलाई विभागको जिम्मेवारी दिएको हो ।

यसअघि पार्टीको स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारी थिए ।

पूर्व स्वास्थ्य मन्त्री रहेका अधिकारीलाई यसपटक भने पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *