बङ्लादेशमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

ढाका, २६ मंसिर । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण बङ्लादेशमा पनि पुष्टि भएको छ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार बङ्लादेशमा पनि ओमिक्रोनबाट सङ्क्रमित पहिलो दुई बिरामी भेटिएका छन्। स्वास्थ्यमन्त्री जहिद मालेक्युले सङ्क्रमित हुनेमा दुई महिला खेलाडी रहेको जानकारी दिए।

विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरुको समूहका सदस्यहरु सङ्क्रमित भएका हुन्।

सङ्क्रमित भएका खेलाडि जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुलाई अहिले ढाकास्थित होटल आइसोलेशनमा राखेर उच्च सतर्कताका साथ उपचार गराइएको पनि अधिकारीहरुले जनाएका छन्। उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुले उनीहरुको अवस्थास्थिर रहेको जानकारी दिएका छन्।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *