दिल्लीमा पनि देखियो ओमिक्रोन

नयाँदिल्ली, १९ मंसिर । यसअघि कर्नाटक, गुजरात र महाराष्ट्र राज्यमा देखिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन दिल्लीमा समेत भेटिएको छ । दिल्लीका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनका अनुसार तांजनियाबाट आएका एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट पाइएको हो ।

उनको अहिले दिल्लीस्थित एलएनजेपी अस्पतालमा उपचार सुरु भएको छ ।

एलएनजेपीका मेडिकल डाइरेक्टर डा सुरेशकुमारका अनुसार संक्रमित व्यक्तिमा घाँटीमा समस्या, थकान र दुखाईका लक्षणहरु रहेको छ ।

यसअघि शनिबार मात्रै गुजरातको जामनगरमा ओमिक्रन संक्रमित भेटिएको थियो । त्यसअघि महाराष्ट्रको मुम्वई र कर्नाटक राज्यमा यो भेरियन्ट देखापरेको छ ।

भारतमा अहिलेसम्म पाँचवटा केश भेटिएको छ । त्यसमा चारवटा अफ्रिकी देशबाट आएकाहरु छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *