‘ओमिक्रोन भेरियन्ट’ भारतमा पनि भेटियो

काठमाडौँ, १६ मंसिर । कोभिड -१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा पनि भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो ।

सरकारी अधिकारीहरुका अनुसार संक्रमितमध्ये एक जनाले कोभिडविरुद्धको दुबै डोज र एक जनाले एक डोज खोप लिएका छन् ।

संक्रमितमध्ये एक जना ६६ बर्षका पुरुष दक्षिण अफ्रिकाबाट फर्केको व्यक्ति हुन् । अर्को एक जना ४६ बर्षका पुरुष भने त्यहिको एक स्थानीय स्वास्थ्यकर्मी रहेको अधिकारीहरुले बताएका छन् । संक्रमित दुबैजना ज्वरो आएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नयाँ भेरियन्ट यसअघि देखिएको डेल्टा भेरियन्ट भन्दा पाँच गुणा बढी तिब्ररुपमा फैलने विश्व स्वास्थ्य संगठनले बताएको छ । यो भेरियन्ट अहिलेसम्म २९ देशमा देखा परिसकेको जनाएको छ ।

गत २६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले दक्षिण अफ्रिकी कोरोना भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गरिदिएको थियो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिदिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *