डा. रुद्र मरासिनी बने व्यवस्थापन महाशाखाको निर्देशक

डा. रुद्र मरासिनी

काठमाडौँ, १५ मंसिर ।  स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा रुद्र मरासिनीले पाएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा मरासिनीलाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा मरासिनीले आजै विभाग पुगेर आफ्नो महाशाखाको जिम्मेवारी सम्हाली सकेका छन् ।

यसअघि व्यवस्थापन महाशाखाका निर्देशक रहेका डा भीमसिंह तिंकरी बाह्रौँ तहमा बढुवा भएपछि त्यहाँ पद खाली थियो । सोही खाली पदमा डा मरासिनीलाई लगिएको हो ।

स्वास्थ्य सेवा समूहका एघारौँ तहका डा मरासिनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *