पछिल्लो एक दिनमा भारतमा ६ हजार ९९० नयाँ संक्रमित

88
Shares

नयाँ दिल्ली, १४ मंसिर । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ ।

एउटै समयमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ ।

भारतमा अहिलेसम्म तीन करोड ३० लाख १८ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएका छन् ।

सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *