मेडिकल काउन्सिलको मतगणना अपडेट : ४००६ मत गणना गर्दा को अगाडी ?

काठमाडौँ, १२ मंसिर । नेपाल मेडिकल काउन्सिलको विहान ४ बजे देखि जारी मतगणनाको पछिल्लो मतपरिणाम आएको छ । कुल ४ हजार ६ मतगणना गर्दा उपाध्यक्षमा डा शिवजी पौडेल उनका निकटतम प्रतिस्पर्धी डा प्रमोदकुमार यादव भन्दा झण्डै दोव्वर मतले अगाडी छन् । डा पौडेलले २१९७ मत प्राप्त गर्दा डा यादवले ११३१ मत आएको छ ।

सदस्यमा डा हुलास अग्रवालको सबैभन्दा बढी मत आएको छ । उनको अहिलेसम्म २२७३ मत आएको छ । दोस्रो बढी मत डा गुरुशरण साहले प्राप्त गरेका छन् । उनको मत १८१२ मत प्राप्त गरेका छन् ।

तेस्रोमा बढी मत पाउने डा तोशीमा कार्की रहेकी छन् । उनको १६७७ मत आएको छ ।

चौथो बढी डा कालुसिंह खत्रीको १५५३, पाँचौँमा डा रोहितकुमार मिश्रा १३६३, छैटौँमा डा लभकुमार साह १२१६, सातौँमा डा कुन्जग शेर्पा ११७० र आठौँमा डा रुपक विके घिमिरेको १०९८ मत आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *