न्यूरो सर्जन डा. सुवास लोहनीको निधन

काठमाडौँ, ७ मंसिर ।  न्यूरो सर्जन डा सुवास लोहनीको निधन भएको छ । ग्राण्डी अस्पतालमा सोमबार अपरान्ह ४ बजे तिर उनको निधन भएको हो । ३८ वर्षीय डा लोहनी टोकास्थित ग्राण्डी टावरमा रहेको आफ्नै निवासमा सोमबार दिउसो ३ बजे तिर बेहोस अवस्थामा फेला परेका थिए।

प्रहरीले तत्काल उद्धार गरी नजिकैको ग्राण्डी अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

बेहोस अवस्थामा फेला परेका लोहनीलाई अस्पताल पुर्याउँदासम्म निधन भइसकेको नेपाल न्यूरोसर्जन समाजका महासचिव डा। राजिव झाले बताए।

लामोसमय न्यूरो हस्पिटल बाँसबारीमा काम गर्नुभएका लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आवद्ध थिए ।

उनको निधन के कारणले भयो भन्ने विषय भने अझै खुल्न सकेको छैन। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *