काठमाडौँ महानगरपालिकाको सबै वडामा कोभिडविरुद्धको पहिलो र दोस्रो डोज खोप चल्दै

काठमाडौँ, ७ मंसिर । काठमाडौँ महानगरपालिकाले आज र भोलिका लागि ३२ वटै वडामा कोभिडविरुद्धको खोप क्याम्पियन सञ्चालन गर्दैछ । महानगरपालिकाले एस्टाजेनेकाको दोस्रो डोज र भेरोसेलको पहिलो र दोस्रो डोज सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाका स्वास्थ्य प्रमुख हरि कुवरका अनुसार १८ वर्ष माथिका सबै नागरिकले परिचयपत्रका साथमा विहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा पुगेर यी खोप लिन सक्नेछन् ।

कुवरले पहिलो डोज लिएकाहरुले परिचय पत्र र दोस्रो डोज लिएकाहरुले खोप कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने बताए ।

महानगरपालिकाले तोकेका खोप केन्द्र

काठमाडौँ बाहिरिने र भित्रनेका लागि चार ठाँउमा खोप केन्द्र
यसैबीच महानगरले गत काठमाडौँबाट बाहिरिने र भित्रनेका लागि चार स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले कलंकी चोक, बल्खुको बयोधा अस्पताल, गोगंवुको नयाँ बसपार्क, कोटेश्वरको जडिवुटी प्रसोधन केन्द्रमा खोप सञ्चालन गरेको छ ।

स्वास्थ्य प्रमुख कुँवरले यी स्थानमा १८ बर्षमाथिका जो सुकै व्यक्तिले परिचय पत्र अथवा खोप कार्डका आधारमा पहिलो तथा दोस्रो डोज खोप लिन सक्नेछन् । महानगरपालिकाले गत आइतबारबाट सुरु गरेको यो अभियान एक महिनासम्म चल्ने जनाएको छ ।

यी केन्द्रहरुमा खोप विहान १० देखि दिउसो ३ बजेसम्म मात्रै लगाइने समेत स्पष्ट पारेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *