करीव १० लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौँ, ६ मंसिर । कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको सरकारले करीव १० लाख डोज कोभिसिल्ड खोप यसैसाता प्राप्त गर्ने भएको छ । कोभ्याक्स सुविधा अन्तरगर्त नेपालले थप ९ लाख ७० हजार डोज खोप प्राप्त गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार छिटोमा आगामी बुधबार र ढिलोमा एक साता भित्र खोप काठमाडौँ आइपुग्ने छ ।

शाखाका अधिकृत बडेबाबु थापाले खोप बुधबार वा त्यसपछिको केहिदिनमा आउने बताए ।

नेपालले कोभिडविरुद्धको खोप अभियानको सुरुवात कोभिसिल्डबाटै गरेको थियो ।

सिरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन यो खोप भारतले सुरुमा १० लाख डोज अनुदान दिएको थियो भने पछि नेपालले सहुलियत दरमा २० लाख डोज खरीद गरेको थियो ।

कोभिडको दोस्रो वेव चलेपछि कोप निर्यातमा प्रतिवन्ध लगाएको भारतले तीन महिना अघि देखि सो प्रतिवन्ध फुकुवा गरेको थियो ।
फुकुवापछि नेपालले पहिल्यै खरीद गरेर आउन बाँकी रहेको १० लाख डोज खोप समेत प्राप्त गरेको थियो ।

पछिल्लो समय नेपालमा कोभिडविरुद्धको खोप प्रसस्त मौज्दात रहेको छ । महाशाखाले देशभर ५० लाख भन्दा बढी खोप मौज्दात रहेको अनुमान गरेको छ ।

अहिले सम्म नेपालमा कोभिडविरुद्धको खोपको रुपमा कोभिसिल्ड, भेरोसेल, जानसन, एस्ट्राजेनेका र फाइजर प्रयोग गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *