फाइजर खोप : आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिईदै

गंगालाल अस्पताल खोप केन्द्रमा खोप लिदैं एक बालक

काठमाडौं, ५ मंसिर । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिईने भएको छ । हिजोसम्म यो खोप १२ बर्ष माथिका दीर्घ रोगीलाई दिईदै आएको थियो ।

‘आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने हो । तर खोप मौज्दात कम भएकोले पहिले जो पहिले आउँछ उसले पाउँछ नीति लिईएको छ,’ स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले भने ।

स्वास्थ्य कार्यालय काठमाडौँले पनि थोरै मात्रा खोप बाँकी रहेकोले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेको बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र ५ साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकोले करीव २७ २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्ने बताए ।

‘आज भोली र पर्सीका लागि १२ देखि १७ बर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई खोप दिने भनिएको हो । तर खोपको मौज्दात कम छ । खोप लगाउन कति आउनुहुन्छ, त्यसैको आधारमा कति समय खोप अभियान चल्छ भन्ने हो,’ उनले भने ।

कोभ्याक्स सुविधा अन्तरगर्त नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिक देखि लगाउन सुरु गरिएको हो ।

यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिर देखि २ पुस सम्मका लागि तय गरिएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *