नेपाल मेडिकल काउन्सिल निर्वाचन : पहिलो दिन शुक्रबार १४७१ भोट खस्यो

शुक्रबार भरतपुर अस्पताल केन्द्रमा मतदान गर्दै काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारी र भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेल

काठमाडौँ, ४ मंसिर । नेपाल मेडिकल काउन्सिलको निर्वाचन सुरु भएको पहिलो दिन १ हजार ४७१ भोट खसेको छ । एक जना उपाध्यक्ष र ८ जना सदस्यका लागि शुक्रबार उपत्यका बाहिका छ स्थानको मतदान केन्द्रमा विहान १० देखि ४ बजेसम्म मतदान भएको थियो ।

प्रमूख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार पहिलो दिन सबैभन्दा बढी चितवनको भरतपुर अस्पताल मतदान केन्द्रमा सबैभन्दा बढी ३६० भोट खसेको छ । दोस्रोमा सबैभन्दा बढी विराटनगरस्थित कोशी अस्पताल मतदान केन्द्रमा खसेको छ ।

त्यहाँ शुक्रबार २६९ भोट खसेको छ । यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मतदान केन्द्रमा २४९ भोट, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२४ भोट, प्रादेशिक अस्पताल जनकपुरधाममा २१४ भोट र नारायणी अस्पताल वीरगञ्ज मतदान केन्द्रमा १५५ भोट खसेको छ ।

आज १८ वटा मतदान केन्द्रमा मतदान हुँदै

डा काउन्सिलले हिजो मतदान भएका छ वटा केन्द्र सहित आज कुल १८ वटा मतदान केन्द्रमा चुनाव हुने बताएको छ । प्रमुख निर्वाचन अधिकृत डा राईले हिजो निर्वाचन भएका ६ वटा र आज थप १२ वटा केन्द्रमा मतदान हुँदैछ ।

ती केन्द्रहरुमा मेची प्रादेशिक अस्पताल भद्रपुर झापा, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लहान अस्पताल लहान सिरहा, हेटौडा अस्पताल मकवानपुर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, पाल्पा अस्पताल तानसेनमा भोलि मतदान हुनेछ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, भिम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीमा रहेका छन् ।

आज विदाको दिन भएकोले हिजोको तुलनामा बढी भोट खस्ते अनुमान गरिएको छ ।

यसपटक निर्वाचनमा उपाध्यक्ष पदमा ३ जना र सदस्य पदमा ३२ जनाले उम्मेद्धारी दिएका छन् ।

करीव २९ हजार मतदाता रहेको निर्वाचन उपत्यका र उपत्यका बाहिर गरी दुई चरणमा सञ्चालन गरिएको छ ।

उपत्यका बाहिर आज निर्वाचन सम्पन्न भएपनि उपत्यकामा भने १० र ११ मंसिरका लागि मतदान तय गरिएको छ ।

निर्वाचन अधिकृत डा राईका अनुसार काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलमा १० मंसिर, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा १० र ११ मंसिरमा मतदान हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *