डा. यादव, डा. तिंंकरी र डा. लोहनी १२ औँ तहमा बढुवा

2.0k
Shares

काठमाडौँ, २ मंसिर । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त प्रमुख विशेषज्ञ पद ( १२ औँ तहमा) तीन जना डाक्टर बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्यामसुन्दर यादव, डा भिमसिंह तिंकरी र डा गुणराज लोहनीलाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह तिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।

त्यसअघि बढुवा समितिले १२ औँ तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *