डा दीपक खरेलको निधन

काठमाडौँ, २ मंसिर ।  सडक दुर्घटनामा गम्भीर घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत डा. दीपक खरेलको मृत्यु भएको छ।

डा. खरेलको विहीबार (आज) विहान ८ : २३ बजे मृत्यु भएको हो । कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेल गत २१ कात्तिकमा सडक दुर्घटनामा परेका थिए ।

उनलाई सुरुमा बुटवलस्थित क्रिमशन अस्पताल र त्यसपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार भएको थियो ।

केही दिन मेडिसिटीमा राखेपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो ।

‘टाउकोमा गम्भीर चोट थियो । मेडिसिटीबाट यहाँ ल्याउँदा नै अवस्था निकै जटिल भइसकेको थियो । तै पनि हाम्रो डाक्टरहरुको टोलीले कोशीस गर्नु भएको हो । तर आज विहान ८ : १२ बजे उहाँको मुटुको धडकन रोकियो ८ : २३ बजे हामीले मृत घोषणा गर्न बाध्य भयौं,’ ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद जोशीले भने ।

डा. खरेल उपचार न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *