क्यानडाबाट आयो ३ लाख ६८ हजार डोज एस्ट्राजेनेका खोप

काठमाडौँ, ३० कात्तिक । क्यानडाले नेपाललाई ३ लाख ६८ हजार १०० डोज कोभिडविरुद्धको खोप एस्ट्राजेनेका पठाएको छ । क्यानडा सरकारको कोभ्याक्स डोज सेयरिङ अन्तरगर्त उक्त खोप नेपालले प्राप्त गरको हो ।

मंगलबार कतार एयरको नियमित उडानबाट उक्त परिमाणको खोप काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

उनले खोपहरु टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ । अढाई महिना म्याद बाँकी रहेका यी खोपहरु पनि पहिलो र दोस्रो डोजको रुपमा तत्कालै प्रयोगमा ल्याइने बताइएको छ ।

माल्दिभ्सले गत १५ कात्तिकमा २ लाख १ हजार ६०० डोज एस्ट्राजेनेका खोप नेपाललाई उपलव्ध गराएको थियो । त्यसअघि बेलायत, जापान, भुटान सहितका देशहरुले पनि एस्ट्राजेनेका खोप अनुदानमा उपलव्ध गराईरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *