आईपुग्यो अढाई लाख डोज हैजाबिरुद्धको खोप

काठमाडौँ, २८ कात्तिक । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाई लाख बढी बासिन्दालाई दिने भनिएको ‘ओरल कलेरा भ्याक्सिन’ काठमाडौँं आईपुगेको छ । कतार एयरको नियमित उडानबाट २ लाख ५२ हजार ३६३ डोज खोप आज दिउसो काठमाडौँ आइपुगेको हो ।

सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै नेपाल आएको हो ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले खोप काठमाडौँ आईसकेको भन्दै अब ती खोपहरु एक साता भित्रै कपिलवस्तुका हैजाप्रभावित पाँचवटा पालिकाका स्थानीयलाई दिईने बताए । उक्त खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको छ।

खोप लगाउने लक्षित समूह कहाँ कति ?

प्रवक्ता डा पौडेलका अनुसार कपिलवस्तु जिल्लाको कृष्णनगरमा ६० हजार ७४३, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराज नगरपालिकामा ६४ हजार ७७८ जना, बिजयनगरमा ३५ हजार९०३ जना र यसोधरामा ३७ हजार७८३ जना गरी कुल २ लाख ५२ हजार३६३ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *